×

Nepali Community

कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमाले गर्न तयार छ–टोपबहादुर रायमाझी


काठमाडौं । माघ २१ गते
नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले बताउनु भएको छ ।आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताउनु भएको हो ।

उहाँले सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यसबारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताउनु भयो ।सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताउनु भयो । उहाँले संसद्को काम कारबाहीलाई सञ्चालनमा ल्याउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने समेत बताउनुभयो ।

सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाउनुभयो । उहाँले नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै पार्टीले आउँदो निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने बताउनुभयो।


More

View All

News

Health

Sports