×

Nepali Community

सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा आज पूर्वपश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन


काठमाडौं । माघ २१ गते
आज पूर्वपश्चिम राजमार्ग बन्द गरेर सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदर्शन गरेको छ । प्रदर्शनबाट मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषालगायतका जिल्लाका राजमार्गमा प्रभाव परेको छ।पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेर उक्त पार्टीले आज बिहानबाट नै प्रदर्शन सुरु गरेको हो ।

जनमत पार्टीका कार्यकर्ताले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्।झण्डै एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर जनमत पार्टी आन्दोलन गरिरहेको छ।


More

View All

News

Health

Sports