काठमाडौं । माघ २० गते
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सबै प्रदेशमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सबै प्रदेशमा फैलिएको जानकारी दिनु भउको छ । उहाँले २४ वा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन र ३ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको जानकारी दिनु भएको छ । मन्त्रालयको बुधबारको तथ्यांकअनुसार संक्रमणदर ३३ दशमलव ९ प्रतिशतमा झरेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। ११ हजार ५८२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।मन्त्रालयका अनुसार २२०५ पिसिआर परीक्षणबाट र १४३२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा ७५५५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।हाल देशभर ६९ हजार २९१ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै काठमाडौं उपत्यकामा ११२३ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ८६८, भक्तपुरमा ८५ र ललितपुरमा १७० संंक्रमित थपिएका हुन्।