×

Nepali Community

एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने बनाएको पूर्वमन्त्री बाँस्कोटाको दाबी


काठमाडौं । माघ २० गते
अमेरिकी सहयोगको एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने बनाएको नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले टिप्पणी गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत पूर्वमन्त्री बाँस्कोटाले एमसीसी सम्झौता गर्ने सत्तासिनसँगै बहुमत रहेको बताउनु भएको हो ।

पूर्वमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्नु भएको छ, एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने नै बनाएछ । सम्झौता गर्ने उनै हुन्, बहुमत उनैसँग छ । सेप्टेम्बर ३ को कायन वाचा उनैले गर्‍या हुन् । द्विपक्षीय विषय बहुपक्षीय बनाउने महान् कूटनीतिक सफलता उनकै हो । हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ, आज आफैंलाई सनासो भो । कसलाई था छैन र ? देख तेरा तमासा ।

 


More

View All

News

Health

Sports