×

Nepali Community

अमेरिकाले रुसलाई युक्रेनमा युद्धमा तान्न खोजेको रुसी राष्ट्रपति पुटिनले लागाए आरोप


काठमाडौं । माघ २० गते
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले रुसलाई युक्रेनमा युद्धमा तान्न खोजेको आरोप लगाएका छन् । युक्रेनमा जारी पछिल्लो टकरावलाई रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा अमेरिकाले प्रयोग गर्न खोजेको उनको दाबी छ । अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारे रुसको सुरक्षा चिन्तालाई बेवास्ता गरिरहेको पुटिनको भनाइ छ ।

रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाख सैनिक तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको हो । त्यसबारे पहिलो पटक सार्वजनिक धारणा राख्दै पुटिनले अमेरिकाका कारण तनाव थप गहिरिएको बताएका हुन् । यद्यपि उनले वार्ताको सम्भावना कायमै रहेको बताएका छन् । रुसले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोकिनपर्ने बताउँदै आएको छ ।

तर उक्त माग अमेरिकालगायतका राष्ट्रहरूले बेवास्ता गर्दै आएका छन् । युक्रेनको नेटोमा सामेल हुने इच्छा स्वीकार गरिएमा त्यसले अन्य सदस्यहरू राष्ट्रहरूलाई पनि रुससँगै युद्धमा तान्न सक्ने पुटिनको चेतावनी छ ।रुसले युक्रेनको दक्षिणी क्राइमिया द्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको करिब ८ वर्षपछि युक्रेनमाथि आक्रमणको योजना बनाएको अमेरिकालगायतको आरोप छ । यद्यपि, रुसले त्यसलाई अस्वीकार गरिरहेको छ ।


More

View All

News

Health

Sports