×

Nepali Community

सद्को गतिरोध अन्त्य गरेर निकास दिनुपर्नेमा डा. मिनेन्द्र रिजालको जोड


काठमाडौं । माघ २० गते
वर्तमान सत्ता गठबन्धनसँग जीवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र नगरेको नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले बताउनुभएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी संविधान ट्र्याक बाहिर गएको भन्दै संविधानलाई ट्र्याकमा ल्याउनका लागि मात्रै गठबन्धन गरिएको उहाँको भनाइ छ ।

राष्ट्रिय युवा सङ्घ नेपालले काठमाण्डौमा आयोजना गरेको ‘स्थानीय तह चुनाव, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उहाँलेकेपी ओली नेतृत्वको सरकारले जसरी शासन गर्दै थियो, जसरी पटक–पटक प्रतिनिधि सभा विघटन गर्‍यो, त्यसबाट संविधान जोगाउन गाह्रो हुन्छ भनेर हामीहरू हिँडेको जिकिर गर्नु भएको थियो ।

नेता रिजालले एमालेले निरन्तर संसद अवरोध गरिरहनु बेठिक भएको बताउनुभयो । सभामुखको भूमिका चित्त नबुझेमा हटाउने कानुनी व्यवस्था संविधानले दिएको भए पनि एमालेले त्यसो गर्न नसकेको नेता रिजालले बताउनुभयो । संसद्को गतिरोध अन्त्य गरेर निकास दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।


More

View All

News

Health

Sports