×

Nepali Community

एमालेमा ओलीको व्यक्तिवाद हाबी अझै बढेको एसका अध्यक्ष नेपालको आरोप


काठमाडौं । माघ २० गते
अहिलेको ५ दलीय गठबन्धन अझै बलियो भएर जाने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ । काठमाडौंको जडिबुटीमा नेकपा एसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले गठबन्धन तोड्न एमाले अध्यक्ष केपी शर्मा ओली लागिरहे पनि गठबन्धन दलहरू बिच भएको छलफलमा गठबन्धनलाई अझै बलियो बनाएर लैजाने सहमति भएको बताउनुभयो ।

अध्यक्ष नेपालले गठबन्धन तोड्न र आपसी अविश्वास पैदा गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतबाट खोजिएको भए पनि गठबन्धन अझै बलियो भएर जाने र गठबन्धनले नै चुनाब गर्नेछ उहाँको भनाई थियो । एमसीसीकाबारेमा एमालेले आफ्नो पार्टीकाविरुद्ध गलत प्रचार गरेको भन्दै उहाँले गठबन्धनविरुद्ध भएको षड्यन्त्रप्रति सचेत भएर अगाडि बढ्नु पर्ने औल्याउनुभयो ।एमालेमा केपी ओलीको व्यक्तिवाद हाबी अझै बढेको भन्दै उहाँले व्यक्तिवादी चरित्रकै कारण एमाले छाड्दै जाने उहाँको भनाइ छ ।


More

View All

News

Health

Sports