×

Nepali Community

जेठ ४ मा स्थानीय चुनाव गर्नुपर्ने एमालेका अध्यक्ष ओलीको भनाई


काठमाडौं । माघ २० गते
जेठको पहिलो साता स्थानीय तहको निर्वाचन हुनुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । निर्वाचन आयोगले गरेको सिफारिसअनुसार जेठ ४ मा निर्वाचन गरिनुपर्ने अध्यक्ष ओलीको भनाइ छ।फागुनभित्रै स्थानीय तह निर्वाचन गराउन सरकारलाई एमालेले पटकपटक ध्यानाकर्षण गराए पनि नसुनेको उनको दाबी थियो।भक्तपुरमा बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले जेठ ४ मा स्थानीय चुनाव गर्नुपर्ने बताउनु भएको हो ।

कोरोनाविरुद्धको २४ लाख खोप हराएको भन्नु सरकारको गम्भीर लापरवाही भएको अध्यक्ष ओलीले बताउनु भएको छ ।त्यस्तै एमाले सचिवालय बैठकले तत्काल स्थानीय चुनाव गर्न सरकारसँग माग गरेको छ।प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले स्थानीय तह चुनावको मिति बिहीबारसम्म नतोके दबाबमुलक कार्यक्रम गरिने बताउनु भएको छ ।


More

View All

News

Health

Sports