काठमाडौं । माघ २० गते
हाल देशमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।आज पनि धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा मेघगर्जन,चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।
अन्य प्रदेशका पहाडी भूभागहरूका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज राति देशका धेरै स्थानमा मेघगर्जनरचटयाङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू९भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।