काठमाडौं । माघ २० गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आफन्तसङ्ग मनमुटाव बढ्ने योग रहेको छ भने आफूलाई कमजोर भएको अनुभूति हुने तथा विवेकले काम नगर्न सक्छ र खनपिनमा सचेत रहनु नै उचित हुनेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
्आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुने योग रहेको छ भने सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुने तथा साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने योग रहेको छ भने चिताएको कामले तीव्रता लिने तथा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने योग रहेको छ भने रोकिएका अधुरा कामहरू पुरा हुनुका साथै स्वास्थ्य सबल नै रहनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिने योग रहेको छ भने आफन्तले कुनै माध्यमबाट सहयोग गर्ने तथा कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज धार्मिक कार्य र सभासमारोहमा सरिक हुने योग रहेको छ भने जटिल ठानिएको कामसमेत सम्पादन हुने तथा विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुने योग रहेको छ भने परिवारजनको साथले नयाँ आशा पलाउने तथा ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लाभदायक यात्राको सम्भावना रहेको छ भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने तथा नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज जिद्दीपनाले गर्दा काम बिग्रने योग रहेको छ भने व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ शैक्षिक क्षेत्रमा समस्या आउला, तर वैदेशिक कार्य अघि बढ्नेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने योग रहेको छ भने बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
अनुहारमा कान्ति र मनमा शान्ति छाउने योग रहेको छ भन शुभकार्यको चर्चा चल्ने तथा बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने रोकिएका काम पुनः सुरु हुने तथा धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनुका साथै ईष्टमित्रहरूसित भेटघाट हुनेछ ।