×

Nepali Community

तीन तहको चुनावसँगै पूरानो जनादेश खण्डित हुनेछ – शंकर पोखरेल


काठमाडौं । माघ १९ गते
पार्टीले गरेका राम्रा काम र गर्न चाहेका कामको फेहरिस्त बोकेर जनताका बीचमा जान पार्टीपंक्तिलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले आग्रह गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत उहाँले एजेण्डा बिहिन गठबन्धनले नभई देश र जनताका पक्षको एजेण्डाबाट चुनाव जित्ने उल्लेख गर्नु भएको छ । उहाँले जतनाको फैसला सत्य र न्यायको पक्षमा हुने भन्दै निर्वाचनको तयारीमा जुट्न आह्वान गर्नु भएको छ ।

उहाँले तीन तहको चुनावसँगै पूरानो जनादेश खण्डित हुनेछ र त्यसको ठाउँ नयाँ जनादेशले लिने जिकिर गर्नु भएको छ । महासचिव पोखरेलले विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्तिलाई रोक्न पाँच दलीय गठबन्धन बनेको समेत टिप्पणी गर्नु भएको छ ।

 


More

View All

News

Health

Sports