×

Nepali Community

समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा प्राप्तिको अभियानमा गोलबन्द हुन ओलीको आग्रह


काठमाडौं । माघ १९ गते
एमाले ऐतिहासिक जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संवर्द्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा अग्रसर रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बताउनु भएको छ । तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपालीहरूको साझा राष्ट्रिय आकांक्षा भएको बताएका हुन्।

नेकपा एमालेले यसलाई आफ्नो गन्तव्य बनाएको ओलीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ।‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा प्राप्तिको अभियानमा गोलबन्द हुन ओलीले आग्रह गर्नु भएको छ । यस उद्देश्यलाई प्राप्त गर्न स्पष्ट दूरदृष्टि, तदनुसारका नीति र कार्यक्रमहरु एवं ती नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्य योजना र आवधिक लक्ष्यहरूसहित नेकपा एमाले अघि बढिरहेको ओलीको भनाइ छ।


More

View All

News

Health

Sports