काठमाडौं । माघ १९ गते
समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न सचेततापूर्वक खबरदारी आवश्यक रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । आज तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना दिँदै उहाँले यस्तो बताउनु भएको हो ।
प्रचण्डले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रियता र देशभक्ति भावना जागृत गर्न सबै नेपालीमा आह्वानसमेत गर्नु भएको छ । ‘विभिन्न समुदायका यसप्रकारका सांस्कृतिक पर्वहरूले नेपालीहरूबीच आपसी हार्दिकता र सामाजिक सहिष्णुताको विकास भई राष्ट्रिय अखण्डता र ऐक्यबद्धतामा सघाउ पुर्याउँने उहाँको भनाइृ छ । साथै, प्रचण्डले सु–स्वास्थ्य र दीर्घायुको शुभेच्छासहित सबैमा सोनाम ल्होसारको शुभकामना दिनु भएको छ ।