×

Nepali Community

दोस्रो मैत्रीपूर्ण खेलमा मंगलबार मरिससमाथि नेपालको जित


काठमाडौं । माघ १९ गते
नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा मंगलबार अफ्रिकी राष्ट्र मरिससलाई १–० गोल अन्तरले हराएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।यस जितसँगै अफ्रिकी टोलीविरुद्ध नेपालले दुबै मैत्रीपूर्णमा जित निकाल्न सफल भयो ।

पहिलो खेलमा समेत नेपालले १–० को जित निकालेको थियो ।दुबै मैत्रीपूर्ण खेलमा जित निकालेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खुशी देखिए ।यस्तै अलमुताइरीले आफ्नो योजनामा दुबै खेलमा जित निकाल्ने नरहेको समेत बताए ।प्रशिक्षक अलमुताइरीले कोभिडको कारण दुई खेलका लागि दुई टिम बनाएको पनि बताए । मरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले आफ्नो टोलीले राम्रो खेलेको भएपनि जित निकाल्न नसकेको बताए ।


More

View All

News

Health

Sports