काठमाडौं । माघ १९ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने कार्य क्षेत्रमा प्रगति हुने तथा बन्धु बान्धवबाट सहयोग मिल्ने तथा धार्मिक यात्राको योग पनि छ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज प्रेमीको सहयोग प्राप्त हुनुका साथै सांगीतिक क्षेत्रमा रुचि बढ्ने तथा स्वास्थ्यमा सुधार आउने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज लगानीको वातावरण बन्ने योग रहेको छ भने मुद्दा मामिलामा सफलता पाइने तथा न्यायिक कार्यमा सफलता मिल्नुका साथै शुभकार्यको चर्चा पनि चल्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज चुनौतीको सामना गर्नुपर्ने तथा आफूलाई कमजोर भएको अनुभूति हुने तथा मन खिन्न हुने स्थिति आउनुका साथै बन्न लागेको काम बिग्रनसक्छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज शुभ समाचार सुन्न पाइनुका साथै सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने तथा मनोरञ्जनमा सहभागिता भइने तथा शिक्षामा सफलता मिल्ला ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज पढाइ लेखाइमा प्रगति हुने र रमाइलो यात्राको योग रहेको छ भने वैदेशिक क्षेत्रको काम अघि बढ्नुका साथै सेयरबजारबाट पनि लाभ मिल्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज राजनीति अधिकारमा सफलता मिल्ने योग रहेको छ भने अरुलाई प्रभावित पारेर काम बन्ने तथा महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लगनशीलताले कामहरू अगाडि बढ्ने योग रहेको छ भने कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै व्यवसायमा भने औसत लाभ नै हुनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुने योग रहेको छ भने अतिथिको रूपमा सत्कार पाइनुका साथै आफन्तको सहयोग प्राप्त हुनेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज नयाँ कामको थालनी हुने योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्ने तथा वित्तिय संस्था बाट सहयोग पाइनुका साथै आँटेको र ताकेको कार्य पुरा होला ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज कला र गलाको प्रभाव बढ्ने योग रहेको छ भने अचल सम्पत्ति हात पर्नुका साथै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज खानपिनमा सजगता अपनाउनु पर्ने योग रहेको छ भने मनमा शङ्का उत्पन्न हुने तथा अनावश्यक धन खर्च हुनुका साथै आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।