×

Nepali Community

महासंघद्वारा संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै प्रदर्शन


काठमाडौं । माघ १८ गते
आज वन परिसर बबरमहलमा सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ ।मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै महासंघले त्यसलाई खारेज गर्न माग गरेको छ ।प्रदर्शनमा सहभागीहरुले ‘सामुदायिक वनमा भैरहेको प्रतिगमन बन्द गर’, ‘संरक्षण क्षेत्रमा भइरहेको लैंगिक हिंसा बन्द गर’, ‘जिल्ला वन पैदावार आपूर्ति समिति खारेज गर’, ‘वन्यजन्तु आतंक नियन्त्रण गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

उनीहरुले थाल ठटाउँदै वन परिसर अगाडि नाराबाजी गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले वन परिसरको गेटमै रोकेको छ । महासंघले संरक्षित क्षेत्र विस्तार गर्ने कार्य रोक्न, तेहेरो कर खारेज गर्न, वन पैदावारको उपयोगमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ ।


More

View All

News

Health

Sports