×

Nepali Community

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन,सञ्चारमन्त्रीलाई देखाए कालो झण्डा


काठमाडौं । माघ १८ गते
एमाले निकट अनेरास्ववियुले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै मन्त्री निवास पुल्चोकमा प्रदर्शन गरेको छ । अनेरास्ववियु उपाध्यक्ष झपिन्द्र खत्री र महासचिव समिक बडाल नेतृत्वमा रहेको समूहले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको गाडीलाई अवरोध गर्दै नाराबाजीसहित कालो झण्डा देखाएका छन् ।अनेरास्ववियुका कार्यकर्ताहरु विहानै पुल्चोकमा भेला भएर स्थानीय तहको चुनाव सार्ने प्रपन्च हुन लागेकोमा खवरदारी गरेका हुन् ।

उनीहरुले चुनावको मिति घोषणा गर, चुनाव सार्न पाइँदैन लगायतका नारा लगाएका थिए ।यस्तै आज अनेरास्ववियुले देशभर प्रदर्शन समेत गर्ने जनाएको छ । पछिल्लो समय सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न खोजेको भन्दै प्रतिपक्षी दल एमाले आक्रामक बनेको छ ।स्थानीय तहका निर्वाचित प्रतिनिधिको कार्यकाल आगामी जेठमा सकिँदै छ । तर सरकारले अहिलेसम्म चुनावको मिति घोषणा गरेको छैन । सत्ता साझेदार पाँच दलले भने जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेका छन् ।

 


More

View All

News

Health

Sports