×

Nepali Community

कतारलाई नेटोभन्दा बाहिरको प्रमुख साझेदार बनाउने अमेरिकी राष्ट्रपतिद्वारा प्रतिबद्धता व्यक्त


काठमाडौं । माघ १८ गते
कतारलाई नेटोभन्दा बाहिरको प्रमुख साझेदार बनाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबद्धता व्यक्त गरेका छन्।कतारका राजा शेख तामिम बिन हमाद अल थानीसँगको सोमबारको वार्तामा बाइडेनले यस्तो बताएका छन्। उनले यसबाट कतारले अमेरिकाको विशेष मान्यता पनि पाउने उनको भनाइ छ।

सोमबारको वार्तामा बाइडेनले छिटै नै अमेरिकाको संसदमा यो प्रस्ताव लगिने बताएका हुन्। यो कार्यान्वयनमा आउनका लागि संसदबाट पारित हुनुपर्छ। कतार विश्वको सबैभन्दा ठूलो ग्यास प्राकृतिक ग्यास निर्यातकर्ता मुलुक हो। युक्रेनमा रुसले आक्रमण गरेपछि उत्पन्न परिस्थितिमा युरोपमा उसले आफ्नो ग्यास निर्यात गर्न सक्छ। कतारसँगको वार्तामा इरानसँगको पारमाणविक वार्ता र अफगानिस्तानसँगको सम्बन्धको विषयमा पनि चर्चा भएको थियो।


More

View All

News

Health

Sports