×

Nepali Community

भातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको छ –विश्वप्रकाश शर्मा


काठमाडौं । माघ १८ गते
नेविसंघ लगायतका पार्टीका भातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताउनु भएको छ । महामन्त्री शर्माले नेविसंघ लगायतका भातृ संस्थाहरुको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढि जोड दिएको पनि बताउनु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेर नेविसंघका विद्यार्थी नेताहरुसँग कुरा गर्दै उहाँले भातृ संस्थाहरुमा देखिएको समस्या समाधानका लागि प्रक्रियासमेत अघि बढाइएको बताउनु भएको छ । नेविसंघका पूर्वअध्यक्षसमेत रहनु भएका महामन्त्री शर्माले मुलुकको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघ जस्ता संगठनहरु बलियो हुनुपर्नेमा आफूहरु सचेत रहेको जिकिर गर्नु भएको छ ।

आफू बोलेरभन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको महामन्त्री शर्माले दोहोर्याउनु भयो । महामन्त्री शर्माले आफूहरु पार्टीको पदाधिकारीमा आएपछि पार्टीभित्र देखिएको समस्याहरुलाई प्रक्रियामा लगेर समाधान गर्न लागि परेको बताउनु भएको छ ।


More

View All

News

Health

Sports