×

Nepali Community

प्रदेश १ को नाम लिम्बूवान प्रदेश राख्न संघीय लिम्बूवान पार्टी नेपालद्वारा माग


काठमाडौं । माघ १८ गते
प्रदेश १ को नाम लिम्बूवान प्रदेश राख्न संघीय लिम्बूवान पार्टी नेपालले माग गरेको छ। बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रदेशको नाम लिम्बूवान राख्न माग गरेको हो।संघीय लिम्बूवान पार्टीले अरुण पूर्वका नौ जिल्लालाई लिम्बूवान स्वायत्त राज्यका रूपमा मान्यता दिनुपर्ने माग राख्दै लामो समयदेखि संघर्ष गर्दै आएको छ।

प्रादेशिक संरचना अनुसार देशका ६ वटा प्रदेशले आफ्नो नाम र राजधानीको विषय टुंगो लगाएपनि प्रदेश १ सरकारले भने अझै प्रदेशको नामकरण गर्न सकेको छैन्। राजनीतिक तहमा प्रदेश नामकरणको विषय टुंगोमा पुग्न नसकिरहेका बेला लिम्बूवान पार्टीले आत्मनिर्णयको अधिकारसहित लिम्बूवान स्वायत्त राज्य हुनुपर्ने माग दोहोर्‍याएको हो। पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले लिम्बूवान राज्य प्राप्तिको आन्दोलन राजनीतिक निष्ठा र नैतिकतासँग जोडिएकाले प्रदेशको नाम लिम्बूवान हुनुपर्ने बताउनु भएको छ ।


More

View All

News

Health

Sports