×

Nepali Community

एमसीसी संसद‍्बाट पारित गराउन आफुले थालेको पहलमा साथ दिन प्रचण्डलाई प्रधानमन्त्री देउवाद्वारा आग्रह


काठमाडौं । माघ १८ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गराउन सहमतिका लागि छलफललाई तीव्रता दिनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासहित गठबन्धनका प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

नेताहरुबीचको भेटमा अब बस्ने संसद बैठकमा एमसीसी पेश गर्नेबारे छलफल भएको बताइएको छ । सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ ।प्रधामनमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन आफुले थालेको पहलमा साथ दिन प्रचण्डलाई आग्रह गर्नुभएको हो ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा देखिनुभएको छ । तर प्रधानमन्त्री देउवाले अब समय घर्किसकेकाले अनावश्यक तर्क गर्न नहुने बताउनुभएको छ ।


More

View All

News

Health

Sports