×

Nepali Community

कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक आज बस्दै


काठमाडौं । माघ १८ गते
आज कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सोमवार विशेष कारण देखाउँदै हिजो बोलाइएको बैठक स्थगन गरी आज बिहान १० बजेका लागि बोलाएको हो ।बैठक हिजो दिउँसो १० बजे बोलाइएको थियो । माघ १६ गते बसेको प्रदेशसभाको तेस्रो बैठकमा नेकपा (एमाले)ले बजेट वितरणमा देखिएका समस्या समाधान, पूर्वाधार विशेष कार्यक्रम कार्यविधि संशोधन गर्नुपर्नेलगायत माग गरेको थियो ।

यस विषयमा तीन दल नेकपा एमाले, नेकपा )माओवादी केन्द्र) र नेपाली कांग्रेसबीचको सहमति जुट्न नसक्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।कर्णालीमा सदनको गतिरोध अन्त्य गर्न र एमालेले बजेटमा देखाएका समस्या समाधानका लागि पूर्व कानुनमन्त्री नरेश भण्डारी संयोजकत्वको तीन सदस्यीय कार्यदल पनि गठन गरिएको छ । जसमा एमालेका प्रमुख सचेतक गुलाबजङ्ग शाह र नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा दलका नेता चन्द्रबहादुर शाही सदस्य रहनुभएको छ ।


More

View All

News

Health

Sports