काठमाडौं । माघ १८ गते
आज नेपाली राष्ट्रिय फुटबल टिमले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससविरुद्ध खेल्नेछ । नेपाल र मरिससबीचको खेल ४,४५ बजे सुरु हुनेछ।घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए ।यता, मरिसस पनि दोस्रो खेलमा जित निकाल्न चाहन्छ । नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।मरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् ।मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् ।