काठमाडौं । माघ १८ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको योग रहेको छ भने धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज धन हात पर्ने योग रहेको छ भने वैदेशिक क्षेत्रबाट सफलता मिल्नुका साथै भौतिक साधन जुटाउने समय रहेको छ र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज गरेका काममा ढिलासुस्ती हुने योग रहेको छ भने बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु पर्ने तथा दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज विद्या र बुद्धिको विकास हुने योग रहेको छ भने सजिलै अरुको विश्वास जित्न सकिनुका साथै आकस्मिक धन लाभ हुने तथा राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज कुनै कुराले मनमा शान्ति छाउने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुने तथा धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने महिला वर्गबाट विशेष सहयोग मिल्ने तथा आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्ने योग रहेको छ भने राज्यबाट मानसम्मान मिल्नुका साथै छोटो दुरीको लाभदायक यात्रा हुने तथा वाहन सुख पनि मिल्नेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्ने योग रहेको छ भने वैदेशिक क्षेत्रको काम अघि बढ्ने तथा मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वस्त्र पनि लाभ हुनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने योग रहेको छ भने प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुन्दर पहिरनले व्यक्तित्वमै निखारता पनि ल्याउनेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज समय प्रतिकुल भई कुलतमा मन जाने योग रहेको छ भने घर परिवारमा झैझमेलाको अवस्था आउने तथा लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुने योग रहेको छ भने अरुको भलाइका लागि दौडधुप गर्नु पर्ने तथा घरायसी विवाद बढ्नेछ । चोटपटक पनि लाग्न सक्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।