काठमाडौं । माघ १७ गते
कांग्रेस र माओवादीले विगतमा एमसिसी सम्झौता गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनु भएको छ ।पछिल्लो समय सत्तारूढ गठबन्धनभित्र एमसिसीबारे मतहरू विभाजित भइरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी परियोजना संसदबाट पारित गराउनपर्ने भन्दै लागिरहेका छन् । तर, सत्ता गठबन्धनधारी दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यथास्थितिमा एमसिसी पारित हुन नहुने बताइरहेका छन् ।
आज सामाजिक सञ्जालमार्फत् एमाले केन्द्रीय सदस्य समेत रहेका नेता रिजालले विगतमा आफैं सरकारमा हुँदा कांग्रेस र माओवादीले अमेरिकासँग एमसिसी ल्याउने सम्झौता गरेको दाबी गर्नु भएको छ । उहाँले अहिले कांग्रेस र माओवादी नै जनमत विभाजन गर्नतिर लागेको बताउनु भएको छ ।एमसिसी परियोजना संसदबाट पारित गराउन प्रधानमन्त्री देउवा लागेपछि यसको चर्चा चुलिएको छ ।