काठमाडौं । माघ १७ गते
आइतबार साँझ नेकपा (एकीकृत समाजवादी) पाटीेका नेता डा.दुमनसिंह थापाको निधन भएको छ । पूर्वसांसद समेत रहेका नेता थापाको उपचारको क्रममा काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो ।
थापा अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा एमालेबाट निर्वाचित भएका थिए । एमाले विभाजनपछि उनी माधव नेपाल नेतृत्वको नेकपा (एस)मा आएका थिए । उनी नेकपा (एस)को केन्द्रीय निर्वाचन आयोग सदस्य समेत रहेका थिए ।थापाको केही समयअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।