×

Nepali Community

यथास्थितिमा एमसिसी पारित नहुने नारायणकाजी श्रेष्ठको भनाई


काठमाडौं । माघ १७ गते
यथास्थितिमा एमसिसी पारित नहुने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत उहाँले एमसिसी सम्झौता संसदबाट पारित नभए सत्तारुढ गठबन्धन तोडिन्छ भन्ने अभिव्यक्ति प्रधानमन्त्री शेरबहादुर देउवाले नदिएको दाबी गर्दै श्रेष्ठले खण्डन गर्नु भएको हो ।

सामाजिक सञ्जालमार्फत श्रेष्ठले एमसिसी पारित गर्ने सहमति भएको भन्ने कुरा सत्य नभएको पनि बताउनु भएको छ । नेता श्रेष्ठले गठबन्धनको एकता कायम राख्न चाहेको साथै राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्न र त्यसका निम्ति दृढ रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ । ‘उहाँले गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति नभएको बताउनु भएको छ । उहाँले आफ्नो पार्टी गठबन्धन एकता कायम राख्ने पक्षमा रहेको समेत बताउनु भएको छ ।


More

View All

News

Health

Sports