×

Nepali Community

सिटीइभिटी जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था हो –देवेन्द्र पौडेल


काठमाडौं । माघ १७ गते
प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)ले जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताउनु भएको छ । आइतबार भक्तपुरस्थित सिटीइभिटीका कर्मचारीको छलफलमा मन्त्री पौडेलले देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने संस्था सिटीइभिटी भएकाले वर्तमान अवस्थामा भएको भन्दा फरक योजना बनाई कार्यान्वयनमा लाग्न निर्देशन दिनु भएको हो ।

१०औं वर्षदेखिका फाइलहरु पेन्डिङमा राखेर नहुने बताउँदै मन्त्री पौडेलले निकास दिनेमा गम्भीर बन्न कर्मचारीलाई निर्देशन दिनु भएको छ । अब नयाँ बजेट बन्ने प्रक्रिया शुरु हुन लागेको भन्दै मन्त्री पौडेलले आवश्यकता के के हुन टिर्पोट गरेर मन्त्रालयमा पेश गर्न आग्रह गनु भएको थियो।

 


More

View All

News

Health

Sports