काठमाडौं । माघ १७ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज ठीक समयमा सही निर्णय लिन सकिने योग रहेको छ भने राजनैतिक क्षेत्रमा सफलता मिल्ने तथा लाभदायक यात्रा हुनुका साथै स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिने तथा सहकर्मीबाट विरोध आउनुका साथै नियमित खर्चसमेत बढ्ने योग छ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज बन्न लागेको काम बिग्रिने योग रहेको छ भने स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने तथा सामान हराउने वा चोरी हुनुका साथै साझेदारी काममा उल्झन आउनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनुका साथै सामाजिक क्षेत्रमा सफलता मिल्ने तथा मनमा कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने नयाँ काम सुरु गर्ने समय छ भने चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुने तथा धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज रोकिएको धन पाइनुका साथै घरमा अतिथिको आगमन हुने योग रहेको छ भने महत्त्वपूर्ण कामको थालनी हुने तथा आँटेको काम पनि पुरा होला ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने आत्मविश्वास र पराक्रममा वृद्धि हुने तथा न्यायिक कार्यमा सफलता मिल्नुका साथै शुभकार्यको चर्चा चल्नेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शुभारम्भको चर्चा चल्ने योग रहेको छ भने सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ, स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
नयाँ ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ भने आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज साथीभाइले पनि राम्रै सहयोग जुटाउने योग रहेको छ भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने रोकिएका काम पुनः सुरु हुने तथा आर्थिक कारोबारमा सफलता पाइनुका साथै लाभदायक यात्रा होला ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने रोकिएको धन हात पर्ने तथा न्यायिक कार्यमा सफलता मिल्नुका साथै व्यापारमा मनग्ये धनलाभ हुनेछ ।