×

Nepali Community

अहिले देखिएका समस्याहरुको निकास नखोज्ने हो भने गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने छ –रामचन्द्र पौडेल


काठमाडौं । माघ १५ गते
अहिले देखिएका समस्याहरुको निकास नखोज्ने हो भने गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने सता गठबन्धनको समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन्।

शनिबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा संयोजक पौडेलले राजनीतिक गतिरोध अन्त्य गर्न नसके गठबन्धनको ओचित्यमाथि प्रश्न उठ्ने भएकाले यसको समाधानका लागि गम्भीर हुनु पर्ने बताए। कानुन संशोधन, गर्नसमेत सरकारले नसकेको अवस्था रहेको भन्दै उनले यसले गर्दा अहिलेको राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरु क्रियाशील भैरहेको देखिएको बताए।

यसैबीच सत्ता गठबन्धनले कानुनविद्हरुसँग पुनस् परामर्श गर्ने भएको छ। कानुनविद्हरुसँगको परामर्शपछि गठबन्धनको बैठक आजै अपराह्न ४ बजे बस्ने छ।


More

View All

News

Health

Sports