×

Nepali Community

देशमा अहिले वाम–लोकतान्त्रिक र दक्षिणपन्थी गरी दुईवटा गठबन्धन रहेको अध्यक्ष नेपालको भनाई


काठमाडौं । माघ १५ गते
देशमा अहिले वाम–लोकतान्त्रिक र दक्षिणपन्थी गरी दुईवटा गठबन्धन रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउनु भएको छ । आज पार्टी निकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले आफूहरुको नेतृत्वमा वाम(लोकतान्त्रिक गठबन्धन र एमालेको नेतृत्वमा दक्षिणपन्थी गठबन्धन रहेको बताउनु भएको हो ।

उहाँले वाम–लोकतान्त्रिक गठबन्धनमा कम्युनिस्ट पार्टीको रुपमा हाम्रो पार्टी, माओवादी, राष्ट्रिय जनमोर्चा र वाम पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी र लोकतान्त्रिक शक्तिको रुपमा रहेको नेपाली कांग्रेसरहेको जिकिर गर्नु भएको छ ।

केपी ओलीको नेतृत्वमा रहेको र दक्षिणपन्थी भासमा भासिँदै गएको नेकपा एमाले र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी र त्यसपछि अरु त्यस्तै खालका शक्तिहरु नजिक पुग्दै गइरहेको उहाँको भनाई थियो । उहाँले दक्षिणपन्थी शक्तिहरु एकतिर उभिएका र वाम र लोकतान्त्रिक शक्तिहरु अर्कोतिर उभिएको उल्लेख गर्नु भएको छ । राष्ट्रिय सभाको चुनावमा पनि गठबन्धन देखिएको अध्यक्ष नेपालको भनाइ छ।


More

View All

News

Health

Sports