काठमाडौं । माघ १५ गते
आज स्थानीय तह निर्वाचनबारे छलफल गर्न बसेको गठबन्धन दलको बैठकले कुनै सहमति जुटाउन सकेन । गठबन्धनको बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार थप दवावमा परेको छ ।बैठकमा संविधानसँग बाझिएका कानून संशोधन गर्ने विषयमा गठबन्धन दलबीच छलफल भएपनि सहमति जुटन नसकेको हो ।
कानून संशोधनको विषयमा पार्टीमा आन्तरिक छलफल पछि फेरी गठबन्धन बैठक बस्ने सहमति भएको छ । बैठक अपरान्ह ४ बजे बस्ने छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग ऐन संशोधन र निर्वाचनको मितिबारे छलफल गरेका थिए ।