×

Nepali Community

स्थानीय तहको चुनाव संविधानसम्मत गर्नुपर्ने कांग्रेसका महामन्त्री थापाको जिकिर


काठमाडौं । माघ १५ गते
स्थानीय तहको चुनाव संविधानसम्मत गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताउनु भएको छ । शुक्रवार पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनावको सम्बन्धमा अघि सारेका विकल्पहरू संविधानसम्मत नभएको बताउनुभयो ।

कानुन संशोधन गरेर चुनाव गरे संविधानसम्मत नहुने भन्दै उहाँले संविधानसम्मत नभएको कुरालाई कांग्रेसले बोक्नु नहुने बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरूले यो कुरा राखिसकेको उहाँले उल्लेख गर्नुभयो । गठबन्धनले संविधानसँग बाझिने गरी कुनै पनि काम नगर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सभापति देउवाले यो कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिबद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिनुभयो । भोलि शनिवार बस्ने गठबन्धनको बैठक स्थानीय तहको चुनाव तय गर्नेतर्फ जानेमा आफूले अपेक्षा गरेको उहाँको भनाइ छ ।


More

View All

News

Health

Sports