काठमाडौं । माघ १५ गते
युक्रेनी सीमामा रुसी सेनाको उपस्थितिलाई लिएर युद्धको त्रास नफैलाउन पश्चिमी देशहरूलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अपिल गरेका छन् ।जुनसुकै बेलामा पनि आक्रमण हुन सक्छजस्ता चेतावनीले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी असर गरिरहेको उनको भनाइ छ ।यसअघि बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अर्को महिना युक्रेनमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए ।
अर्कोतर्फ रुसले पनि निरन्तर यही कुरा गरिरहेको छ । रुसले युक्रेनमा आक्रमण गर्ने आफ्नो कुनै योजना नभएको बारम्बार बताउँदै आएको छ ।शुक्रबार रुसका विदेशमन्त्रीले मस्कोले युद्ध नचाहेको बताए ।
हाल युक्रेन र रुसको सीमामा करिब एक लाख सैनिक तैनाथ छन् । जसले गर्दा अमेरिका र पश्चिमी देशले लगातार युद्धको चेतावनी दिइरहेका छन् ।