काठमाडौं । माघ १५ गते
आज स्थानीय तहको चुनाव कहिले गर्ने भन्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। बैठक अहिले बिहान ९ बजे प्रधनमन्त्री सरकारी निवास (बालुवाटार) मा बस्ने तयारी छ। एक नेताका अनुसार बैठकको मुख्य एजेन्डा स्थानीय तह निर्वाचन हो।
यसअघि पाँच दलीय गठबन्धनले वैशाख वा असारलाई आधार मानेर त्यसको ६ महिनाभित्र चुनाव गर्ने लगभग सहमति जनाइसकेका छन्।त्यही सहमतिअनुसार शनिबार बस्ने गठबन्धनको बैठकले निर्वाचनबारे निर्णय गर्ने सम्भावना छ।