काठमाडौं । माघ १५ गते
आज नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ ।नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गर्नेछ । नेपाल र मरिससबीचको खेल ४,४५ बजे सुरु हुनेछ ।नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।
नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले किरण चेम्जोङको कप्तानीमा दुई खेलका लागि दुई फरक टिम घोषणा गरिसकेका छन् ।खेलाडीलाई अन्तराष्ट्रिय खेलको अनुभव दिने उदेश्यले दुई टोली बनाएको प्रशिक्षक अल्मुताईरीले बताएका छन् ।
अल्मुताईरीले खेलाडीबाट राम्रो नतिजा भन्दा उत्कृष्ट प्रदर्शनको आशा गरेको बताएका छन् ।फिफा वरीयतामा मरिसस नेपाल भन्दा पछाडी रहेको छ । मरिसस १ सय ७२ औं स्थानमा छ । नेपाल फिफा वरियताको १ सय ६९ औं स्थानमा छ ।