×

Nepali Community

जिओमारा क्यास्ट्रो बनिन् होन्डुरसको पहिलो महिला राष्ट्रपति


काठमाडौं । माघ १४ गते
जिओमारा क्यास्ट्रो होन्डुरसको पहिलो महिला राष्ट्रपतिको रूपमा शपथ लिएकी छन् ।राजधानी टेगुसिगाल्पास्थित राष्ट्रिय रंगशालामा शपथ समारोहमा हजारौं मानिसको सहभागीता रहेको थियो ।६२ वर्षीया क्यास्ट्रोले शक्तिशाली लागूऔषध तस्करी गिरोहको सामना गर्ने र गर्भपतनसम्बन्धी कडा कानूनलाई उदार बनाउने बताएकी छिन् ।

तर उनको एजेण्डा उनकै पार्टीमा आन्तरिक कलहपछि कमजोर भएको बताइएको छ।राजनीतिक संकटका बीचमा गरिब राष्ट्रका लागि उनको योजनालाई खतरामा पारेको विश्लेषकहरुको भनाइ छ। सन् २ हजार ६ देखि २ हजार ९ सम्म शासन गरेका उनका पति म्यानुएल जेलाया कू द्वारा अपदस्थ भएका थिए ।क्यास्ट्रोको आगमनले अत्याधिक भ्रष्टाचार र घोटाला भएको दक्षिणपन्थी नेश्नल पार्टीको १२ वर्षको शासनकालको अन्त्य हुने आकलन छ ।


More

View All

News

Health

Sports