काठमाडौं । माघ १४ गते
नेकपा एमालेले अब कहिल्यै चुनाव नजित्ने नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणी चौधरीले ठोकुवा गर्नु भएको छ । सामाजिक सञ्जालकार्फत आफ्नो धारणा राख्दै उहाँले एमालेले अब कुनै चुनाव नजित्ने ठोकुवा गर्दै चुनाव जिते कथा बन्ने र भावि सन्ततीहरुलाई सपनाजस्तो लाग्ने ठोकुवा गर्नु भएको हो ।
बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट एमालेको हारको सुरुवात भएको उहाँको भनाई छ । बुधबार रिक्त १९ सिटका लागि भएको राष्ट्रियसभाको निर्वाचनमा एमालेले प्रदेश १ मा एक सिट मात्रै जित हासिल गरेको थियो भने सत्तारुढ पाँच दलीय गठबन्धनले १८ सिट हात परेको थियो ।त्यहीँ प्रसंगमा नेता चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीको घमण्डका कारण आज यस्तो अवस्थामा पुगेको पनि बताउनु भएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेखनु भएको छ ‘राष्ट्रिय सभाको चुनावि परिणाम पछि९ दासहरूले २ वटा बिषयलाई महत्त्वका साथ भुकिरहेका छन्। यो हार हाम्रो लागि अन्तिम हो र अबको सबै निर्वाचनमा विजयी हुन्छौ । २,५ दल मिलेर जित्ने, यत्रो फूर्ति, अल्पज्ञानिहरूलाई के थाहा, यो हार भर्खर शुरू भएको छ र यो हारको श्रंखला निरन्तर अघि बढ्ने छ । अब देखि नेकपा एमाले र विजयीको बिचमा कहिल्यै भेट हुने वाला छैन ।नेकपा एमालेले जितेको कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाँउनै छैन । २०७४ सालमा जितेको कुरा कथा बन्नेछ र भाबि सन्ततिहरूलाई सपना जस्तै लाग्नेछ ।