×

Nepali Community

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिन गठबन्धनको आग्रह


काठमाडौं । माघ १४ गते
गण्डकी प्रदेशको पाँच दलीय गठबन्धनको बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेको छ ।राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा बिहीबार बसेको गठबन्धनको समीक्षा बैठकले राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवार सुरेश आलेमगर, कमला पन्त र भुवनबहादुर सुनार विजयी भएकामा बधाई व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

बैठकले गठबन्धनको आवश्यकता र औचित्यतालाई थप पुष्टि गर्दै प्रजातन्त्र, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निश्कर्ष निकाल्यो”, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचनका क्रममा देखिएका कमी–कमजोरीलाई आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने पनि बैठकले निर्णय गरेको छ ।

राष्ट्रियसभाको निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन लाग्ने नेता, कार्यकर्ता, मतदाता एवं आम जनतालाई धन्यवाद दिँदै बैठकले निर्वाचन सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्षरूपमा संलग्न हुने सबै निकायलाई हार्दिक आभारसहित धन्यवाद व्यक्त गरेको छ ।


More

View All

News

Health

Sports