×

Nepali Community

वर्तमान सरकार महत्वपूर्ण निर्णय गर्न नसक्ने अवस्थामा पुगेको महेश बस्नेतको दाबी


काठमाडौं । माघ १४ गते
वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार महत्वपूर्ण निर्णय गर्न नसक्ने अवस्थामा पुगेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतलेआरोप लगाउनु भएको छ ।बस्नेतले पाँच दलीय गठबन्धनको रुपमा रहेको वर्तमान सरकारको काम कसरी नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ भन्ने षड्यन्त्रमै केन्द्रित भइरहेको आरोप लगाउनु भएको हो ।

बस्नेतले सरकारका मन्त्रीहरुलाई आफ्नो मन्त्रालयमा के भइरहेको कुनै चासो नभएको आरोप लगाउनुभयो । मकवानपुरबाट स्वास्थ्य मन्त्री बनेका विरोध खतिवडालाई इङ्गित गर्दै बस्नेतले अघिल्लो सरकारले ल्याएको २४ लाख खोप हराएको विषयमा थाहा नभएको जस्तो अभिव्यक्ति दिनेले जनतालाई कसरी स्वास्थसेवा दिन्छ भन्दै प्रश्न गर्नुभयो ।

युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले वर्तमान सरकारविरुद्ध चरणवद्धरुपमा आन्दोलन गर्ने बताउनुभएको छ ।अध्यक्ष पौडेलले सरकार गलत बाटोमा अगाडि बढेका कारण सरकारविरुद्ध संघर्षमा उत्रिन बाध्य भएको बताउनुभयो । ‘


More

View All

News

Health

Sports