काठमाडौं । माघ १४ गते
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दोस्रोपटक आजका लागि न्याय सेवा आयोगको बैठक बोलाउनु भएको छ । नेपाल बार एसोसियसनको लगातारको आन्दोलनका बीच जबराले दोस्रोपटक बैठक बोलाउनु भएको हो । यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दैनबसी स्थगित भएको थियो । तर, नेपाल बारको असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाउनु भएको हो ।
प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा छन् ।खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजको बैठकको छ ।