×

Nepali Community

तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य यात्रुहरूलाई एक हप्ताभित्र निवेदन दिन पर्यटन मन्त्रालयको आग्रह


काठमाडौं । माघ १४ गते
पर्यटन मन्त्रालयले कोभिड–१९ महामारीको समयमा गरिएका अन्तर्राष्ट्रिय चार्टर उडानमा तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य यात्रुहरूलाई एक हप्ताभित्र निवेदन दिन आग्रह गरेको छ । पीडित यात्रुहरूले बढी भाडा तिरेको आधिकारिक कागजातसहित मन्त्रालयको आधिकारिक इमेल, ह्वाट्स एप वा भाइबरमार्फत गुनासो–निवेदन पठाउन सक्ने मन्त्रालयले जनाएको छ । कोभिड महामारीको पहिलो चरणमा लकडाउन घोषणा भएपश्चात् विभिन्न मुलुकमा अलपत्र परेका व्यक्तिलाई स्वदेश फर्काउन अन्तर्राष्ट्रिय चार्टर उडानको व्यवस्था गरिएको थियो ।

तर, चार्टर उडानमा एयरलाइन्स कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०मा बुझाएको हवाई भाडादरभन्दा यात्रुसँग बढी हवाई भाडा असुल गरेको गुनासो तथा उजुरी परेको थियो । यात्रुको गुनासोका आधारमा मन्त्रालयले छानबिन गर्न हवाई भाडादर छानबिन समिति, २०७८ गठन गरेको थियो । सो समितिले पनि चार्टर उडानमा विभिन्न एयरलाइन्सको टिकटमा यात्रुसँग तोकिएको भन्दा बढी भाडादर लिएको फेला परेको थियो । अहिले पनि चार्टर उडानमा ठगिएको गुनासो आइरहेको सन्दर्भमा हवाई भाडादर प्रकरण थप छानबिन गर्न मन्त्रालयले यात्रुसँग विवरण माग गरेको हो ।


More

View All

News

Health

Sports