×

Nepali Community

सत्ता गठबन्धन कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जन प्रतिनिधि बिहीन बनाउन तल्लिन छ –गोकर्ण विष्ट


काठमाडौं । माघ १४ गते
सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि बिहीन बनाउने षडयन्त्रमा तल्लिन भएको नेकपा एमालेका सचिव गोकर्ण विष्टले टिप्पणी गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले सत्ता गठबन्धन संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्रमा तल्लिन रहेको बताउनु भएको हो ।

निर्वाचन आयोगले आगामी बैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको उहाँको भनाइ छ।

उहाँले आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन नसक्ने बताउनु भएको छ । उहाँले लोकतान्त्रिक अभ्यासबाट नभाग्न सत्तारुढ दलहरूलाई आग्रह गर्नु भएको छ ।


More

View All

News

Health

Sports