×

Nepali Community

विश्वकप एसिया छनोटमा ओमानमाथि साउदी अरबको जित


काठमाडौं । माघ १४ गते
विश्वकप एसिया छनोटअन्तर्गत घरेलु टोली साउदी अरबले ओमानलाई पराजित गरेको छ । गएराति किङ्ग अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको खेलमा ओमानमाथि साउदी अरबले १–० को कठिन जित हात पारेको हो ।खेलको ४८ औं मिनेटमा फिरास अल बुराइकनले गरेको एक मात्र गोल साउदीलाई जित दिलाउन प्रयाप्त बन्यो ।

यो जितसँगै ७ खेलमा १९ अंक जोडेर ऊ समूह ‘बी’ को शीर्ष स्थानमा रहँदा पराजित ओमान ७ अंकका साथ चौथो स्थानमा छ ।छनोटअन्तर्गतकै अन्य खेलमा अस्ट्रेलियाले भियतनामलाई ४–० ले हराउँदा जापानले चीन तथा युएईले सिरियामाथि समान २–० को जित हात पारे । दक्षिण कोरियाले लेबनान तथा इरानले इराकलाई समान १–० गोल अन्तरले हराएका थिए ।इराकमाथिको जितसँगै इरान विश्वकपमा छनोट हुने १४ औं राष्ट्र बनेको छ ।

 


More

View All

News

Health

Sports