×

Nepali Community

हेर्नुहोस् आजको राहिफल


काठमाडौं । माघ १४ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ने योग रहेको छ भने अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने तथा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज पारिवारिक प्रेम र सद्भाव बढेर जाने योग रहेको छ भने रोकिएका अधुरा पुराना कामहरू पुरा हुने तथा सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज जोशजाँगर र हिम्मत बढ्ने योग रहेको छ भने दैनिक कार्यहरूमा प्रगति हुने तथा रमणीय र सुखद् यात्राको योग छ भने नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज नयाँ र शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने अकस्मात् धन सम्पत्ति हात पर्ने तथा धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज इच्छा र आकाङ्क्षा पूर्ण हुने योग रहेको छ भने ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्छर्नुका साथै धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभ समाचार सुन्न पाइनुका साथै मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा घरमा अतिथिको आगमन हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेको छ भने व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने तथा आत्मिक सन्तुष्टि मिल्ने र तीर्थाटनको योग पनि छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने योग रहेको छ भने कुनै कुराले मनमा शान्ति छाउने तथा पारिवारिक सहयोग पनि मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ भने स्वास्थ्य प्रतिकूल रहन सक्छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आकस्मिक धनलाभ हुने योग रहेको छ भने कुनै काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने योग रहेको छ भने जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज पारिवारिक सद्भाव बढ्ने योग रहेको छ भने आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने तथा साहित्यिक क्षेत्रमा रूचि बढ्नुका साथै सहयोगी हातहरू अघि बढ्नेछन् ।


More

View All

News

Health

Sports