×

Nepali Community

आज शुक्रबार कुन भगवानको पुजा गर्ने ?


काठमाडौं । माघ १४ गते
आज शुक्रबार हो। हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन् ।साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ ।यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ ।

व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ ।यीनीहरुको व्रत विधि भने अलगअलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ ।

शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुखशान्ति तथा मनोकांक्षा पूरा हुनेछ ।शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ


More

View All

News

Health

Sports