×

Nepali Community

पदीय मर्यादा भुलेर अभिव्यक्ति दिने भौतिक पूर्वाधारमन्त्री यादवलाई हटाएर कारबाही गर्न रञ्जित कर्णको माग


काठमाडौं । माघ १३ गते
पदीय मर्यादा भुलेर अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई हटाएर कानूनअनुसार कारबाही गर्न नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य रञ्जित कर्णले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माग गर्नु भएको छ ।

सप्तरी जिल्ला प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै कर्णले गत माघ ५ गते रौटहटको गौरमा बलिदानी दिवस कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा मन्त्री यादवले किसान आन्दोलनको नाममा भइरहेको गतिविधिलाई लक्षित गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई संकेत गर्दै दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गर्दै कारबाहीको माग गर्नु भएको हो । नेता कर्णले त्यस्ता अभिव्यक्तिलाई संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्नु भएको छ ।


More

View All

News

Health

Sports