काठमाडौं । माघ १३ गते
अफगानिस्तानमा अहिले तत्कालै करिब ३६ अर्ब अमेरिकी डलर बराबरको मानवीय सहयताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।हाल संयुक्त राष्ट्रसंघको समूहले अफगानिस्तानमा मानवीय सहयता वितरणको कार्य सुरु गरेको छ र त्यसका लागि कम्तीमा पनि ३६ अर्ब अमेरिकी डलर बराबरको सहायताको खाँचो रहेको आँकलन गरेको हो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजाकिरकका अनुसार हाल अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको एक समूहले मानवीय सहयताको वितरण गरिरहेको छ ।यो सहयोग अहिले अरु केही नभएर मानिसहरुका लागि आधारभूत खाद्यान्न, उनीहरुलाई न्यानो कपडा र आधारभूत औषधिमुलोहरु रहेको बताइएको छ ।यही जनवरीको सुरुमा संयुक्त राष्ट्रसंघले यस वर्षका लागि कम्तीमा पनि ४४ अर्ब अमेरिकी डलर बराबरको मानवीय सहायता वितरण गर्नुपर्ने योजना बनाएको थियो ।