×

Nepali Community

नेशनल लाईफ इन्स्योरेन्सद्वारा २० प्रतिशत लाभांश घोषणा


काठमाडौं । माघ १३ गते
अघिल्लो आर्थिक वर्ष ०७६–७७ को मुनाफाबाट नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ १२ गते साझ बसेको सञ्चालन समितिको बैठकले हाल कायम चुक्तापूँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजारको आधारमा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

 


More

View All

News

Health

Sports