×

Nepali Community

सत्ता गठबन्धनको अब उत्सव सकिएको एमालेका उपमहासचिव रिमालको टिप्पणी


काठमाडौं । माघ १३ गते
सत्ता गठबन्धनको अब उत्सव सकिएको नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले टिप्पणी गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले राष्ट्रियसभाको हिजो सम्पन्न निर्वाचनबाट अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम “उत्सव” सकिएको जिकिर गर्नु भएको छ ।

उहाँले चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई बधाई दिनु भएको छ ।बुधबारको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनलाई हराउँदै प्रदेश १ मा शेर्पा विजयी भएका थिए । रिमालले अब हुने निर्वाचन ‘रियल’ हुने भन्दै जसले नयाँ जनादशेको मानक तय गर्ने पनि बताएका छन् ।निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकैले सत्ता गठबन्धनले चुनावबाट भाग्ने बहानावाजी गरिरहेको उहाँको भनाई छ ।


More

View All

News

Health

Sports